अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागीबाट घाइते राउटे नारायण शाहीको मृत्यु

आगलागीबाट घाइते राउटे नारायण शाहीको मृत्यु


दैलेख – आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका-९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए ।

उपचारका लागि काठमाडौँ लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गए राति मृत्यु भएको हो । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।  शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो ।

 एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका-९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिनुभयो । चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी उनी जलेका थिए । नारायणको यो मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।

एक सय ४३ जनसङ्या भएका राउटेहरू कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन । उनीहरू हाल  दैलेखको नारायण नगरपालिका-८ सालखर्कमा बसोबास गरिरहेका सो समुदायमा  परियोजनामार्फत खटिएका अहेब लोकेन्द्र शाहीले बताउनुभयो ।