अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको हो ।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

उहाँलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।