अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुखको उम्मेदवार टुंगो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुखको उम्मेदवार टुंगो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाडौं । उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो । गठबन्धनका दलहरुबीच रास्वपालाई उपसभामुख पद दिने निर्णय भएपछि पार्टीले उम्मेदवार तय गर्न लागेको हो ।

पार्टीले सोभिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ ।