काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिनुभएको छ ।
हिजो सभामुखमा निर्वाचित भएपछि उहाँले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिनुभएको हो ।
सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ ।
सभामुख घिमिरेले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गर्नुहुने छ ।







प्रतिक्रिया