अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा गर्नुभएको छ ।  

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’

अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकारात्मक प्रेरणा मिल्ने उहाँको विश्वास छ ।