अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः प्रधानमन्त्री दाहाल

कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः प्रधानमन्त्री दाहाल


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ।

आज दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।  

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ । नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसवपषयमा छलफल सुरु भएको छ। तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।  

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘’राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।’