सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको हो ।
मुख्यमन्त्री शर्माको पक्षमा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक र स्वतन्त्र एक सांसद गरी २५ जनाले मतदान गरेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गर्नुभएको थियो ।
संविधान बमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रावधान अनुसार शर्माले शुक्रबार १० औं दिनमा विश्वासको मत लिनुभएको हो ।







प्रतिक्रिया