अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोमा विशेष छुट


काठमाडौं – कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई माया  लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ।

बैंकका डेबिटरक्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त रेस्ट्रोको माछापोखरी र मध्य बानेश्वर शाखाबाट खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल,  ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।