कैलाली – कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाका गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टरका सहचालक पुनर्वास नगरपालिका-१० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो।
शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसको इन्जिनमुनि च्यापिएका चौधरीको उद्धारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । दुर्घटनामा चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना घाइते भएका छन् । घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया