अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश

मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश


काठमाडौं – रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्दार गरेर नेपाल फर्काइएको थियो ।

आज फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का रहेका छन् ।