विराटनगर – प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गर्नुभएको छ ।
कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राख्नुभएको छ ।
नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाउनुभएको छ। बुद्वीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।
माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा पाउनु भएको छ भने माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।







प्रतिक्रिया