काठमाडौं -सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अहिले ११ बजे बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको छ ।
घिमिरेले हिजो मात्र सभामुखमा पद बहाली गर्नुभएको हो । आज १ बजे उहाँले संसदको पहिलो बैठक सञ्चालन गर्दैहुनुहुन्छ ।






प्रतिक्रिया