अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागीमा परेर एक जनाको मृत्यु

आगलागीमा परेर एक जनाको मृत्यु


ललितपुर – ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ। यहाँको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषमया अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच प्रहरीले ललितपुरकै महाँकाल गाउँपालिका-१ टुङ्गुनस्थित विमिरे जङ्गलबाट भरूवा बन्दुक बरामद गरेको छ । उक्त जङ्गलमा बन्दुक पड्केको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।