काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली मौलिक संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई सहभागी गराउनु आवश्यक रहेको बताउनु भएको छ ।
सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना दिनुहुँदै सभामुख घिमिरेले नेपाली मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नयाँ पुस्तालाई सहभागिता गराउँदै लैजानु आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले प्रतिनिधि सभामा मुलुकका सबै जातजाति, भासाभासीहरूको साझा प्रतिनिधित्वको थलो भएकाले सबैको कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि बहस तथा छलफल हुने बताउनुभयो ।






प्रतिक्रिया