अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश र जिल्लाका स्कूल विभागका प्रमुखहरुलाई एमालेले आजबाट दुईदिने प्रशिक्षण दिने

प्रदेश र जिल्लाका स्कूल विभागका प्रमुखहरुलाई एमालेले आजबाट दुईदिने प्रशिक्षण दिने


काठमाडौं- नेकपा एमाले पार्टी स्कूल विभागले आज देखि पार्टी स्कूल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ ।
प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नगरकोटमा विहान १० बजे देखि सुरु हुने कार्यशाला आज र भोली सञ्चालन हुनेछ । कार्यशालामा जिल्लाका र प्रदेशका स्कूल विभागका प्रमुखहरु सहभागी हुनेछन् । कार्यशालामा पार्टीका प्रशिक्षणका कामहरु कसरी अघि बढाउने, पार्टीलाई कसरी सुचना र प्रविधी मैत्री बनाउने,दशौं महाधिवेशनका फैसलाहरु के कसरी कार्यन्वयन गर्ने र जबजलाई कसरी समय सापेक्ष उपयोग गर्ने लगायतका विषयहरुमा प्रशिक्षण दिइने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदिप ज्ञवाली लगायतले प्रशिक्षण दिनुहुनेछ ।