काठमाडौं – समाज त्यसै रुपान्तरण भएको हुँदैन, समाज रुपान्तरणको आयाम धेरै पुस्ताको त्याग र बलिदानबाट निर्माण भएको हुन्छ । मानव जातिको अभूतपूर्व सघर्षको विशिष्ट गाथावाट निर्मित समाजमा सदैव मानव जातिको सकारात्मक त्यागको उत्तिकै खाँचो सदासर्वदा रहिआएकै हुन्छ। विगतको निरन्तरतामा मानवले समाजमा गर्दै आएका कामको समष्टि नै आजको जीवन्त समाज हो । विगतले,वर्तमानलाई र वर्तमानले भविषयलाई प्रतिनिधित्व गरेकै हुन्छ । वास्तवमा समाजले आफ्नो समयमा गरेका अनुभवका कडीहरु प्रत्येक बखतका मानवजातिका निम्ति आर्सी हुन जसमा विगत र वर्तमानको समाज रुङन,हेर्न सकिन्छ, साथै भविष्यत् समाज बोध गर्न सकिन्छ ।
मानव आफैमा एक रुपान्तरणको पक्रियावाट आएको प्राणी हुदा समाजको सामाजिक रुपान्तरण सम्भव भएको हो । समाजका आमूल रुपान्तरणका धेरै अवयव मध्ये मानव एक प्रमुख अवयवी हो । उसँग सोच्ने,विचार गर्ने र कार्यनवयन गर्न सक्ने क्षमता भएकै कारण मावन सबै प्राणी मध्यकै सर्वश्रेष्ठ प्राणीको रुपमा समाजमा स्थापित छ । समाजमा हुने उतार चडावका सिलसिलेवार श्रृङखला,संघर्ष र अन्तरसंघर्षको परिणामको योगफल आजको विकास,आजको परम्परा, आजको समग्र अवस्था हो । जसमा आजका पुस्तालेपनि कुनै न कुनै रचनात्मक र सिर्ननात्मक कार्य गर्दै समाज विकासको आयाममा योगदान थप्दै जानुपर्ने छ।
जुनसुकै समाजको तत्कालिन अवस्था, व्यवस्था, परिस्थिति र परिवेशको चरित्र वा क्षमता बमोजिम समाजका आम नागरिकका माग र आवश्यक्ता प्रकट हुने गर्दछन्। आम नागरीकका माग र आवश्यक्ताको परिपूर्ति हुनेनहुने विषय राज्यको चरित्रले निर्धारण गरेकोहुन्छ, कि राज्य कस्तो छ ? लोककल्याणकारी छ वा परम्परावादी र निरंकुश चरित्रको छ ? । राज्यको समग्र प्रणाली र प्रणालीले नियमन गरेको उत्पादन प्रणालीको वितरण पक्रिया र उत्पादनका साधन माथिको स्वामित्वको प्रश्न राजनीतिक प्रश्न हो ।
यही राजनीतिक प्रश्नको उतरका निम्ति अहिलेसम्म धेरै वाद, सिद्धान्त र विचारहरु प्रतिपादन भएका छन् । करीब ५०० वर्ष यता अपवाद देश बहेक विश्वमा पूँजीवादको एकछत्र छत्रछाय छ, भन्न्दा पनि हुन्छ । १९९०/९१ मा जब सोभियत संघ बिघठन भयो त्यसपछि यता पूँजीवादले झन विश्वमा झाङिने अवसर प्राप्त गर्यो । अहिले विश्वमा पूँजीवादको साम्राज्य नै छ र पूँजीवादलाई चिरस्थायी राख्न पूँजीवादीहरुले विश्वमा अन्राष्ट्रिय मुद्राकोष,विश्व बैंक र अन्तारार्ष्ट्रिय व्यापार संगठन जस्ता थुप्रै संरचनाहरु निमार्ण गरेका छन । यी सबैको उदेश्य पूँजीवादलाई चिरस्थायी राख्न पूँजीवादका हिमायतिहरुले तयार पारेका रक्षा कबच हुन् । पुँजीवादले तयार गरेको खुल्ला बजारको शोषणले श्रमजीवि जनता मात्र होइन विश्वका देश र राज्य प्रणाली अन्र्तग स्वामित्वमा रहेको सबै प्रकारको पूँजी समेत सिमित ब्यक्तिको वशमा पार्ने बाघ चाल खेल जारी छ ।
समग्र विश्वमा ति सिमित तथाकथित ब्यापारीले तयार पारेका ब्यापारी केन्द्रले विश्व समुदायमा साम्रराज्य गरीराखेका छन् । पछिल्लो कालमा तिनिहरु विचको स्वार्थ टकरावले सिर्जना गरेको अन्तरविरोध नै प्रधान अन्तरविरोधका रुपमा प्रकट भएको छ। जुन अन्तरविरोधको चपेटामा विश्व समुदाय र उत्पीडित राष्ट्रहरुले पिडा झेल्दै आइरहेका छन् । एकातिर एकाधिकार पुँजी वजारको शोषण अर्कोतिर साम्राज्यवादी राष्ट्रहरुको कम विकसीत,अल्प विकासशिल राष्ट्रमा रहेको स्रोतमाथि नियन्त्रर्णको होडवाजीले विश्वका आम समुदाय आतंकित र त्रसित वातावरणमा वाच्न बाध्य हुनुपरेको छ ।
अहिलेका मान्छेको मस्तिष्कमा दशर्न र सिद्धान्तको प्रभावमा कम छ, धन,सम्पति र प्रविधिको प्रभाव ज्यादा छ । यन्त्र उद्योगको चरम विकासले मानब श्रमले गर्ने रोजगार विस्तारै खुम्चिदै आइरहेका छन् । जसका कारण श्रम बेच्न विदेश जाने विकासशिल देशको श्रमशक्ति सस्तोमा आफ्नो श्रम बेच्न बाध्य हुन्छन् । आधुनिकताले विकास गरेका प्रविधिले विश्वलाई एक गाँउमा केन्द्रित गरेको छ तर त्यसको उपयोग र उपभोगको सन्र्दभमा ठुलो असमान्ताको खाडल छ, त्यो किन भने अहिले राष्ट्रको मुल्याकंनको आधार उसको भैवभ हो । जुन देश बैभवशाली छ उससंग सबैथोक हुन्छ र उसले जेपनि गर्न सक्छ भन्ने मान्यता विश्व समुदायमा परेको छ । अमेरिकाले अफगानिस्तान माथि गरेको हस्तक्षेप र पछिल्लो समयमा रुसले युक्रेनमाथि गरिरहेको हमला यसका ज्वलन्त उदारण हुन ।
सोझो अर्थमा भन्दा अहिले राष्ट्र,राष्ट्रको मात्र होइन ब्यक्ति ब्यक्तिको सम्बन्ध कस्तो हुने भन्ने कुराको निक्र्यौल समेत आर्थिक अवस्थाले निर्धारण गरिरहेको छ । समग्रमा वर्तमान विश्व परिवेश पुँजीपति मैत्रि छ । जसको नेतृत्व सिद्धान्तह पुँजीवादी विचारधाराले गरिरहेको छ । विचारधारात्मक जो जे विचार पक्षधर भएपनि ब्यवहारतह उ पुँजीवादी हुन पर्ने आजको बाध्यता छ। पूँजीवादी साम्राज्यको प्रकोपबाट विश्व समुदाय नराम्रो ढंगवाट संक्रमित छ । जहाँ सम्म विश्व समुदायले पूँजीवादको संक्रमण रोक्न सक्दैनन्, त्यहाँ सम्म पुँजीवीदहरुको शोषणको सृखंला रोकिने छैन । पूँजीवादको प्रकोपबाट समाजलाई मुक्त गर्ने भ्याक्सिन विश्वमा एउटा मात्र छ त्यो भ्याक्सिनको नाम हो माक्र्सवाद त्यो ब्यवस्थाको नाम हो समाजवाद ।
जबसम्म माक्र्सवादलाई विश्वमा रहेका सर्वहारा,श्रमजीवि आम जनताले आत्मासाथ गर्दैनन् त्यँहा सम्म पुँजीवादको प्रकोपले समाजलाई सताइ रहने छ । साथै विभेद,अन्याय,अत्याचार,शोषण दमनका च्रक्रमा समाज घुमिराख्ने नै छ । करिब ४ हजार बषर््ा शासन गरेको सामान्तवादी युगको अन्त्य पछि करीब ५०० बर्ष यता विद्यमान पुँजीवादी ब्यवस्था कायम छ । सामान्य सहकारीको चरण हुदै समाजमा आरम्भ भएको पुँजीवादी ब्यवस्था वृहत उद्योग निमार्णको चरण,यन्त्र उद्योगको चरण,राष्टिय एकाधिकार पुँजीवादको चरण,भूमण्डलीय पुँजीवादको चरण हुदै साम्राज्यवादी पुँजीवादी चरण सम्म पुँजीवादले आफुलाई विकास गरेको वर्तमान छ ।
पुँजीवादको असमान वितरण प्रणालीका कारण समाजमा धेरै वर्गिय असमान्ता पराकाष्ठा झन धेरै फराकिला हुदै आएका छन् । पुँजीवादको विभेदकारी नितिका विरुद्ध समय समयमा विश्व श्रम्रजीवि वर्गका विद्रोहका हात नउठेका होइन तर यसको रक्षार्थ पुँजीवादी देशहरुले बेला बेला लोक कल्याणकारी नारा दिने,सेवा भाव देखाउने, राज्य कोषको सानो भाग सामाजिक सुरक्षामा खर्च गर्ने,शोषित पिडित वर्गहरु विचमै अन्तरविरोध रोप्ने र विभाजन ल्याउने जस्ता गतिविधिले पुँजीवादको आयु अहिले सम्म जीवत छ । पुँजीवादी ब्यवस्थाको अन्त्यका खातिर १९१७ मा रुसमा भएको महाम अक्टोवर क्रान्ति समाजवादी क्रान्ति सफल भयो र समाजवादी सोभियत युनियनको गठन भयो । जसको सफलताले पुवि युरोप र युरोपमा मात्र होइन सिंगो विश्वमा समाजवादी विश्व क्रान्तिको लहर शुरुवात गर्यो । विश्वका धेरै देशमा समाजवादी क्रान्ति शुरु मात्र भएनन् दर्जन बडी देशमा समाजवादी ब्यवस्था लागु समेत भयो । एतिहासिक द्धन्द्धात्मक भौतिक वादी दर्शनको जगमा सुरु भएका समाजवादी क्रान्ति कमजोर र तहस नहस पार्न पुँजीवादी देशहरु सम्पुर्ण ढंगवाट नियालि रहेकै थिए । समाजवाद असफल पार्न पुँजीवादी देशले साम,दाम,दण्ड,भेदको निति अख्तियार गरी कमजोर बन्दै गरेको पुँजीवादको रक्षा गरेका थिए । १९९० मा सोभियत संघको विगठनको घटना पश्चात पुँजीवादले विश्वमा नँया जीवन प्राप्त गर्यो र समाजवादी आन्दोलन विश्वमा रक्षात्मक बन्ने परिस्थिति सिर्जना भएको थियो ।
१९४९ मा चिनका महान नेता माओको नेतृत्वमा सम्पन्न जनवादी क्रान्तिले स्थापना गरेको जनवादी चिनको निरन्तरताले विश्वका समाजवादी विचारमा उर्जापनि थप्दै आएकोपनि छ । तर सोभियत संघको विगठन पश्चात विश्व बामपंथि आन्दोलनलाई आवश्यक्ता परेको बेला डाढस दिने नेता विश्व कम्युनिष्ट आन्दोलनले अहिले सम्म जनमाउन सकेको छैन । विश्व कम्युनिट आन्दोलनका निम्ति यो समिक्षाको विषय हो । तत्कालिन समाजवादी सोभियत संघ पछि विश्व राजनीतिमा सम्पुर्ण हिसावले प्रभाव राख्न सक्ने देश जनवादी चिन हो ।
चिनले अहिले सम्म चिनिया क्रान्तिको सुरक्षा मात्र गरेको छैन जनवादी ब्यवस्थालाई, सिंगो चिनलाई शक्ति सम्पन्न चिन,समृद्ध चिन,बैभवशाली चिन र विश्वको पहिलो आर्थिक हैसियत भएको चिन हो भन्ने ब्यवहारतह विश्व मञ्चमा स्थापित हुन सफल छ । चिनले चाहेको भए जसरी तत्कालिन समाजवादी सोभियत संघको प्रभाव विश्व जगतमा रहेको थियो त्यसरी जनवादी चिनले विश्व समुदायमा समाजवादी विचारको प्रभाव अझै राम्रो गरी फैलाउन सक्थ्यो र विश्वमा रक्षात्मक अवस्थामा रहेको बामपंथि आन्दोलन र समाजवादी विचार निणार्यक हुने कुरामा टेवा अवश्य पुग्थ्यो । तर चिनले समाजवादी विश्व क्रान्ति सफलताका निम्ति दिन पर्ने ध्यान दिन सकेको देखिदैन । यद्यपी चिनको सफलता विश्व समाजवादी क्रान्ति र बामपंथि विचार बोक्ने देश,पार्टी र ब्यक्रिका निम्ति प्रेरणाको स्रोत भएको छ, भने चिनको सफलाता दक्षिणपंथि र पुँजीवादी विचार बोक्ने देश,पार्टी र ब्यक्तिका निम्ति समस्या र टाउको दुखाइको विषयपनि बनेकै छ ।
नेपालको समाजवादी आन्दोलन र जन इच्छा
नेपाली बामपंथि आन्दोलनको इतिहास संघर्षको घडीमा एकताबद्ध भएको छ । तर जव पद,सत्ता र अवसरको भागवण्डाको सवाल आउछ त्यतिवेला टुटफुट र विभाजन धेरै भएको इतिहास छ । २००६ सालमा पुष्पलालको अगुवाईमा ५ जनाले प्रवासमा स्थापना गरेको आन्दोलन संख्याको हिसावले विकास भएको हेर्दा धेरै भएको छ । कम्युनिष्ट पार्टी स्थापना भएकको अहिले जम्माजम्मी आठ दशकको समयमा नेपालमा धेरै कम्युनिष्ट पार्टी गठन भएका छन् । र नेपालको कुल जनसंख्याको धेरै भाग बामपंथि विचार अगाल्ने जनसंख्या नेपालमा बामपंथीहरुको छ । राजनीतिक ब्यवस्था परिवर्तनको आन्दोलनमापनि बामपंथी विचार बोक्नेहरुको निर्णायक भुमिका आज सम्मका सबै आन्दोलन र क्रान्तिमा रहदै आएको छ । त्यस्तै तत्कालिन माले र माओवादी पार्टीले आफ्नै नेतृत्वमा शशस्त्र विद्रोह समेत गरेका छन् । देशको समग्र राजनीतिक चेतना जगाउने सवालमा बामपंथि विचार बोक्नेले निर्वाह गरेको भुमिकाको अवमूल्यन गर्ने ठाँउ छैन र देखिदैन ।
नेपालको सन्र्दभमा बामपंथिले राज्य संचालनमा पाएको अवसर सदउपयोग गर्ने सवालमापनि अन्यको भन्दा राम्रै गरेको देखिन्छ । २०५१ सालमा पहिलो पटक नेपालमा बनेको बामपंथि सरकारले गरेको सामाजिक सुरक्षा भर्ता,आफ्नो गाँउ आफै बनाउ जस्ता जनपक्षिय कामको छाँप अहिले सम्म नेपाली जनताको माझ यादगार छन् । यसैगरी २०७४ सालमा केपी ओली नेतृत्वको सरकारले अझै झन १९६५ देखि भारतले भोगचलन गर्दै आएको लिपुलेक,लिम्पियाधुरा र कालापानीको जमिन नेपालको नक्सामा समेटेर सार्वभौम राष्ट्रको हैसियत विश्व सामु पर्दशन गरेको विषयले सिंगो देशको सिर ठाडो पारेको थियो, जुन विषय ताजै छ । यि दुई अलवा अन्य बामपंथि नेताहरुको नेतृत्वमा बनेका सरकारपनि औसतमा राम्रै काम गरेको विगत छ । समग्रमा भन्दा दक्षिणपंथी विचारमा आस्था राख्ने नेताहरुको तुलनामा बामपंथी विचारवाट निर्देशित नेताहरुको नेतृत्वमा देशमा भएका विकास निमार्णको गति ज्यादा गतिशिल भएको सत्य हाम्रो सामु विद्यमान छन् जसलाई नकार्न सक्ने कुनै ठाउँ छैन ।
विश्व जगतमा कम्युनिष्ट पार्टी र समाजवादी आन्दोलन रक्षात्मक हुदै गरेको स्थिति र परिवेश भएपनि नेपालमा नेकपा एमालेका तत्कालिन महासचिब मदन भण्डारीको लोकतान्त्रिक कम्युनिष्ट विचारधारा जबज का कारण नेपालमा समाजवादी आन्दोलन आज सम्म रक्षात्मक बन्नु परेको छैन । मदन भण्डारीको विचार,मनमोहन आधिकारी,केपी ओलीले गरेका काम र प्रचण्डको नेतृत्वमा भएको शशस्त्र विद्रोह नेपालमा बामपंथी शक्तिको स्थायीत्वका निम्ति उर्वर सावित भएका छन् र जसले बामपंथी आन्दोलनमा उर्जा थप्ने काम गरेका छन् । वास्तवमा बामपंथी विचारका निम्ति नेपाल उर्वर भुीम नै हो भन्दा हुन्छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना काल देखि अहिले सम्म नेपाली जनताले नेपालका बामपथी शक्तिलाई साथ,सहयोग दिदै आएका छन्। तर नेपालका बामपथी नेताहरुको ब्यक्ति हठ र मनोवादका कारण जनताको इच्छा,चाहना बमोजिम बाम शक्ति एकिकृत ढगवाट हिड्न सकेका छैनन् । समाजवादी समाज निमार्ण महान लक्ष्य कुरामा,भाषणमा र संवादमा जति हुने गरेको छ समाजवाद ल्याउनका निम्ति अहिले नेपालका बामसंग ठोस कार्ययोजनाको अभाव देखिन्छ । समाजवादी विचार बोक्ने दल,जनता र मतदाताको उल्लेख्य संख्या हुदाहुदैपनि यो शक्तिलाई एकतावद्ध गर्न नसक्नु नै बाम शक्तिको कमजोरी हो ।
संवैधानिक समाजवाद कि बामपंथी समाजवाद ?
समाज बुझने भन्दा समाज बदल्ने कुरा धेरै महत्र्पुण हो । दर्शन,सिद्धान्त जनतालाई कन्ठस्त पार्न लगाएर जनताको जीवनमा त्यो सिद्दान्त लागु हुने होइन । यदि यसो हुदो हो त विश्वमा धेरै पहिले समाजवाद आइसक्थ्यो । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने नेपालमा सबै भन्दा धेरै पण्डित समाजवाद कै छन् । दलकै कुरा गर्ने हो भनेपनि सबै भन्दा पुरानोे दल नेपाली कांग्रेस देखि बामपंथी सबैदल समाजवाद नै भनेको सुनिन्छ, खोइ त अहिले सम्म आएको समाजवाद ?
सोभियत संघ विगठन पछि विश्व कम्युनिष्ट आन्दोलन तहस नहसको पस्थितिमा गुज्रिरहेको अवस्थामा विश्वका पुँजीवादीहरुले आफ्नो देशमा रहेका बामपंथी जनमतलाइ प्रभावमा पार्न विश्व पुँजीवादी शक्तिले सोसलिस्ट(समाजवादी) शब्द राखेर दल खोलेको पाइन्छ । पछिल्लो समयमा आउदा समाजवाद रबरको टोपी जस्तो जसले लगाउदा पनि मिल्ने शब्द समाजवाद भएको छ । जुनसुकै सिद्धान्त,वाद,दर्शनको पक्षधर भएपनि कुरा समाजवादकै गरेको सुनिन्छ । अथर्था दक्षिण पंथी,पुँजीवादी,मध्य पंथी वा बामपंथी जो भएपनि सामजवाद सबैका निम्ति प्यारो शब्द बनेको छ ।
साम्राज्यवाद र समाजवाद विचको अन्र्तरविरोध,अन्तराष्टिय,राष्टिय पूँजीपति वर्ग र सम्पुर्ण श्रमजीवी जनता विचको अन्तरविरोध सधै भइरहेको हुन्छ । पुँजीवादसंग संवाद गरेर समाजवाद स्थापना हुने कुरा होइन । जहाँसम्म समाजवादले संघर्ष मार्फत पुँजीवाद माथि विजय प्राप्त गर्न सक्दैन त्यहाँसम्म्म पुँजीवाद अस्तित्वमा रहिरहने छ । यि दुई ब्यवस्थाको स्थापना संवादबाट होइन संघर्षबाट स्थापित हुने कुरा हो । पुँजीवादी ब्यवस्थापनि सामान्तवादी ब्यवस्थामाथि विजय प्राप्त गरी नै आएको हो । तर अहिले समाजवाद प्राप्त गर्ने नाममा धेरै भ्रम,अन्यौलता सिर्जना गरीदैछन् त्यसको सिखो नेपालको राजनीतिमा अहिले फेसन जस्तै समाजवादी नामका पार्टीहरु निमार्ण भइरहेका छन् । पार्टीको अनुशासनमा बस्न नसकि पार्टीले कार्वाही गरेका,जनताको तिरस्कारमा परेका अथवा राजनीतिक हिसाबले म्याद ग्रुजेकाहरुले समाजवादी नामको पार्टी खोल्दैमा के समाजवाद आउला त? मलाई लाग्छ त्यो सम्भव हुदैन र छैन ।
समाजवादी लक्ष्य,उदेश्य नबोकि खोलिने केन्द्र वा पार्टी जे भएपनि त्यो केवल केही नेताका पेट पाल्न खोलिएको समाजवादी विचार बेच्ने पसल बाहेक अर्को हुने छैन । बामपंथी विचारवाट विचलन भएका वा जीवनमा कम्युनिष्ट नभएकाहरुवाट कसरी सम्भव हुन्छ ? समाजवादी ब्यवस्था ल्याउने कुरा । वास्तविक समाजवाद जुन समाजवादले सामाजिक न्याय स्थापना गर्न सक्छ,पुँजीवादी ब्यवस्थाले गरेका सामाजिक विभेद अन्त्य गर्न सक्छ, र शोषित,पिडित सर्वहारा श्रमजीवी वर्गको उथान गर्न सक्छ त्यो ब्यवस्था हो समाजवाद । के अहिले नेपालका राजनीतिक दल हिडिरहेको मार्गवाट वास्तविक जनताको समाजवाद सम्भव छ त? समाजवाद स्थापनार्थ पुँजीवादलाई धक्का दिने हैसियत निमार्णमा जवसम्म समाजवादी शक्तिहरु लाग्दैनन समाजवादी ब्यवस्था ल्याउछौ भन्ने कुरा फगत गफ हुन् ।
नेपालको संविधान २०७२ को प्रस्तावनामा यो संविधान समाजवाद उन्मुख शब्द लेख्दैमा समाजवाद आउने कुरा होइन । राज्यका संरचना समाजवादी छन् कि छैनन् भन्ने विषयले अर्थ राख्छ । राज्यको आथिक निति कस्तो छ र त्यसमा आम नागरीकको कति पहँुच छ भन्ने कुराले समाजवादको मर्मलाई अथ्र्याउछ । साथै राज्यको वितरण प्रणाली कस्तो छ र त्यसवाट आम नागरीक कसरी लावभान्ति छन् त्यो विषय महत्पुर्ण हो । के अहिले नेपालको सविधानले आम नागरीकलाई राज्यले गर्ने सेवा प्रवाह सम्पुर्ण सेवामा एकरुपता छ त ? के आम नागरीक संग पैसा नभएपनि उसले विना सर्त राज्य संग आवश्यक वस्तु माग्न सक्छ त ? के कुनै आम नागरीकले म संग यो सिप छ,म यो काम गर्न सक्छु मलाई मेरो काम अनुसारको दाम पाउने श्रम चाहियो भन्दा हाम्रो संविधानले उपल्बध गराउन सक्छ त ? यदि कुनै अविभावकले मेरो सन्तान डाक्टर पढन चाहन्छ राज्यले पढाउने ब्यवस्था गरिदिन पर्यो भने के अहिलेको समाजवाद उन्मुख सविधाले त्यो ब्यवस्था गर्न सक्छ त ? त्यस्तै अस्पतालको सैयामा मृत्युसंग लडिरहको कुनै विरामीले मलाइ औषधि उपचार राज्यले गर्नु पर्यो म बाचे भने म राज्यले अराय बमोजिम काम गरेर पैसा पछि चुक्ता गर्छु भन्यो भने के अहिलेको राज्यले त्यो सेवा उपलब्ध गराउन सक्छ त ? अवश्यपनि अहिलेको हाम्रो संविधानले त्यो कदापि गर्न सक्दैन । त्यो किन भने हाम्रो मुलुकका सम्पुर्ण प्रशाशनिक अवयवहरु नाफा मुलक छन् अथार्थ पुँजीवादी छन् ।
संविधानमा लेखिएको समाजवाद उन्मुख प्रस्तावना आम नागरीकका निम्ति आकासे फल आँखा तरी मर भने जस्तै हो । संविधानमा समाजवाद लेखेका छौ यसले आम नागरीक भलो गर्छ भन्ने कुरा सफेद जुट वाहेक अरु केही हुन सक्दैन । कुनैपनि मुलुकाका निम्ति देश,जनता र भूगोल साध्य हो भने नियम,कानुन,संविधान यि सबै साधन हुन जनताले चाहे भने यि सब जतिखेरपनि संसोधन वा खारेज गर्न सक्छन । नेपालकै सन्र्दभमा नेपाली जनताले अहिले सम्म आठ सात संविधान परिवर्त गरेका छन् । देशको परिस्थति र जनताको आवश्यक्ता अनुसार संविधान,नियम कानुनु पहिनै पिच्छे परिवर्तन हुन र गर्न सकिन्छन् । तर नेपालमा समाजवादी भन्ने बाम शक्ति जो समाजवादको लक्ष्य बोकेका छन तिनिहरु नै संविधान प्रति यति धेरै वफादार छन कि मानौ यो संविधानले समाजवादको सम्पुर्ण मर्म र भावना बोकेको छ । जसको तलवितल भयो भने समाजवादी ब्यवस्था धरापमा पर्ने हो भने झै ।
अहिलेको नेपालको संविधान पुँजीवादी ब्यवस्थाको जगमा निमार्ण भएको हो । यो हिजोका संविधान भन्दा अग्रगामी छ ,तर आम नागरीकले र कम्युनिष्ट जनमतले चाहे जस्तो समाजवादी क्रान्तिकारी संविधान होइन । जव सम्म यो संविधान परिवर्तन गर्ने ल्याकत बामपंथिहरु राख्दैनन र त्यसका निम्ति समाजवादी क्रान्ति गर्ने हिक्मत राख्दैनन् तब सम्म समाजवाद भन्ने कुरा यो त भन्ने कुरा न हो भन्ने गित जस्तै समाजवाद हुन्छ । नेपाली जनतालाई समाजवादी ब्यवस्था तिर वास्तवमै लिने नै हो भने त्यसका निम्ति बामपंथी दलहरुले संसद विघठनको रोइलोमा होइन अवस्था आए सविधान नै परिवर्तन गर्ने दृढता सहितको यात्रा आरम्भ गर्न जरुरी छ ।
समाजवादी एकता कि समाजवादका निम्ति एकता ?
समाजवाद शब्द नेपाली जनताले सबै भन्दा धेरै सुनेको शब्द हो । यो कांग्रेस, कम्युनिष्ट दुबैवाट तारन्तार सुनिदै आइरहेको शब्दपनि हो । त्यसलै समाजवाद भन्ने शब्द नेपाली जनताका निम्ति लोकप्रिय,कर्णप्रिय संगै आम जनताको भावना संग जोडिएको वाक्य हो । जुन वाक्यलाई नेपाली जनता माया मात्र होइन सम्मानपनि गर्छन् । नेपाली जनताको मनोभाव बुझ्दा समाजवाद तिरको यात्रामा हिड्न चाहन्छन् तर नेपालका राजनीतिक दल आफै अन्यौलताको शिकार छन् । दक्षिण पंथीले भन्ने समाजवाद,बामपंथीले भन्ने समाजवाद र समाजवादी नाम भएका पार्टीहरुको नाम नै समाजवादी, समाजवाद नेपालका राजनीतिक दलले सप्तरीको बरमझियाका बाजेको पेडा पसल झस्तै नेपालमा समाजवादको नाम विस्तार गर्ने देखिन्छन् । असली समाजवादी को हुन यसको छिनोफानो नेपालमा गर्न जरुरी छ । नाम समाजवादी राखेर समाजवाद आउने हुदो हो त विश्वमा धेरै अघि समाजवाद आइसक्थ्यो । यसरी समाजवाद ल्याउने विषय धेरै टाढाको कुरा हो जुन कुरा कल्पना भन्दा वाहिरको हुन्छ ।
वास्तविक समाजवादी हुन पहिले कम्युनिष्ट हुन अनिवार्य छ । कम्युुनिष्ट नहुने समाजवादी यात्रामा छौ भन्ने विषयले समाजवादका निम्ति कुनै अर्थ राख्दैन । अहिलेको नेपालको राजनीतिक यात्रा यही दिशाा तिर लिने प्रयास भइरहेको छ । कटर क्षेत्रवादी,जातिवादी र धर्मवादी पृष्टभुमिवाट राजनितिमा उदाएका शक्तिहरुपनि राजनीतिक स्पेशका निम्ति समाजवादी भन्न थालेका छन् । यसरी यस्ता शक्तिहरुवाट निमार्ण भएको समाजवादी केन्द्र राजनीतिक नाट्यशाला बाहेक अर्को हुन सक्दैन । माक्र्सवादको जगमा ऐतिहासिक द्धन्द्धत्मक भौतिकवादी दर्शनका वैज्ञानिक नियम पालना र कार्यनवयन नगरी समाजवादी ब्यवस्था सफल पार्ने कुरा कल्पनापनि गर्न सकिदैन । त्यसैले नेपालको समाजवादी आन्दोलन सफल पार्न बामपंथी एकता हुन जरुरी छ जसले सिद्धान्तह माक्र्सवादी लक्ष्य समाजवादको अंगालेर हिडेका छन् ।
(शाही नेकपा एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ)






प्रतिक्रिया