अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र  सभामुख घिमिरेबीच भेट हुँदै, संसद् र सरकारको समन्वयका बारेमा छलफल हुने  

प्रधानमन्त्री प्रचण्ड र  सभामुख घिमिरेबीच भेट हुँदै, संसद् र सरकारको समन्वयका बारेमा छलफल हुने  


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज भेटघाट हुने भएको छ । 

सभामुख निर्वाचित भएपछि समसामयिक विषयमा छलफल गर्न घिमिरे अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटार जान लाग्नु भएको हो । 

प्रधानमन्त्री दाहालसँग संसद् सञ्चालन, सरकारले संसद्लाई दिने बिजनेस, प्रतिपक्षी दलको जिम्मेवारी, केही नियमावली संशोधन लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । 

माघ ५ गते सभामुखमा निर्वाचित भएका घिमिरेलाई सरकारले हालसम्म आवास उपलब्ध गराएको छैन । जसले गर्दा उहाँका कतिपय भेटघाट, बैठकहरू अवरुद्ध बनेका छन् । साबिक डेराबाट सभामुख भएपछि उहाँ भक्तपुर लोकन्थलीस्थित आफन्तकोमा बस्दै आउनु भएको छ । सभामुखको आवासको विषयमा पनि प्रधानमन्त्रीसँग आज कुरा हुने स्रोतको भनाइ छ ।