अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाबाट सम्पूर्ण जिम्मेवारीबाट अलग भएकी छु : उपसभामुख राना

रास्वपाबाट सम्पूर्ण जिम्मेवारीबाट अलग भएकी छु : उपसभामुख राना


काठमाडौं । उपसभामुखमा इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको छ ।

उपसभामुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गर्दै उहाँले आफू पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको हो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना माघ ७ गते   उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

रानाले उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको बताउनुभयो ।  

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उहाँले भन्नुभयो ।