अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे र नेता नेपालबीच भेटघाट

सभामुख घिमिरे र नेता नेपालबीच भेटघाट


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज वामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालसँग भेट गर्नुभएको छ । नेता नेपाल अस्वास्थ्य भएर घरमै आराम गरिरहनुभएको छ ।

भेटघाटका लागि सभामुख घिमिरे नेता नेपालको निजी निवास गोठाटार पुग्नुभएको थियो । सभामुखसँगै प्रतिनिधि सभा सदस्य सूर्य थापा पनि नेता नेपालको निवास पुग्नुभएको थियो ।

भेटपछि सभामुख घिमिरेले २०३८ सालमा नेता नेपालसँगै मेची अञ्चलमा संगठन विस्तारका लागि काम गरेको स्मरण गर्नुभयो । उहाँले नेता नेपाल आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोत भएको समेत बताउनुभयो ।

नेता नेपाल कम्युनिस्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । उहाँले एमालेको प्रचार विभागको नेतृत्व गर्नुभएको थियो भने सूचना तथा सञ्चार र शिक्षा, युवा नेता खेलकुद मन्त्री भएर जिम्मेवारी वहन गर्नुभएको थियो ।