अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले जेठसम्म देशभर संगठन विस्तार गर्ने

रास्वपाले जेठसम्म देशभर संगठन विस्तार गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो।

पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिने जनाउनुनुभएको छ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ।

हामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका विस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ। माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ।

माघ १६ गते मधेसको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको छ।