अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ थियो ।

गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरि उकालो लागेको हो । यसअघि गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।