पोखरा – गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ७ मा पु¥याउने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले झ्यालझ्यालमा मन्त्रालय जनताले नरुचाएकाले मन्त्रालयको संख्या घटाएको बताउनुभयो ।
सत्तारुढ दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मन्त्रालय ७ वटा मात्र राख्न उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकार झ्यालझ्यालमा मन्त्रालय भएको जनताले धेरै रुचाएका थिएनन् ।’
‘कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ’, उहाँले भन्नुभयो । विना विभागीयमन्त्री एवं नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जिम्मेवारी बाँडफाँटमा दलहरुबीच सहमति जुटिनसकेको बताउनुभयो ।
प्रदेशको व्ययभार घट्ने गरी गण्डकी सरकारले लिएको मन्त्रालय कटौतीको निर्णयलाई धेरैले सकारात्मक कदमका रुपमा लिएका छन् । यसअघिको सरकारले मन्त्रालयको सङ्ख्या १२ पु¥याएको थियो । मन्त्रालय घटाउने विषयमा छलफल लम्बिँदै जाँदा मन्त्रिपरिषद् विस्तारले पनि समय लिएको जनाइएको छ ।
गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । विना विभागीयमन्त्रीको हैसियतमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा ९एमाले०बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ। मन्त्रालय घटाउने निर्णयसँगै अब थप तीन मन्त्री मात्र नियुक्त हुनुहुनेछ।







प्रतिक्रिया