जनकपुरधाम – जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्यालाई लिएर स्थानीय आन्दोलित भएका छन्।
आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन्।
उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका हुन् ।
जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन्।
पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुटो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन्।
प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ।
उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत माग गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर-१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या भएको थियो।





प्रतिक्रिया