अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री  अधिकारीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल 

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री  अधिकारीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो ।

उहाँहरुबीच गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ। अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएको थियो ।

तर, गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।