अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको एक कागज गोदाममा आगलागी

ललितपुरको एक कागज गोदाममा आगलागी


ललितपुर । ललितपुरको एक कागज गोदाममा आगलागी भएको छ।

सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित कागजको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको हो ।

उक्त कारखानामा सोमबार राती दस बजेतिर आगो लागेको बताइएको छ ।

चार वटा दमकल, प्रहरीलगायतले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।