काठमाडौं । झापामा एक जना युवक र एक जना युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको हो ।
एभरेष्ट चिया बगानमा झुण्डिएको अवस्थामा मृत भेटिएका उनीहरू प्रेमी प्रेमिका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार मृत अवस्थामा फेला पर्नेमा २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी रहेका छन् ।
करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेको बताइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताउनुभयाे । गत साउनमा तीन जना युवती सामूहिक रूपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासीले बताएका छन् ।





प्रतिक्रिया