अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला

झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला


झापा – एउटै रूखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला

झापा – झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

गत साउन पनि कचनकवल–५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो।