अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

परराष्ट्र मन्त्री पौडेलसँग प्रवासी नेपाली मञ्चको छलफल

परराष्ट्र मन्त्री पौडेलसँग प्रवासी नेपाली मञ्चको छलफल


काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले परराष्ट्र मन्त्री डा विमला पौडेलसँग विभिन्न विषयमा छलफल गरेको छ । मंगलबार मञ्चले जुममार्फत परराष्ट्र मन्त्री पौडेलसँग विभिन्न समस्याको बारेमा छलफल गरेको हो ।

छलफलमा माल्टाबाट युके आउन भिसामा देखिएको समस्या समाधान गर्न, पोर्चुगलका नेपालीलाई पासपोर्टमा देखिएको समस्या छिटो व्यवस्थापन गर्नुपर्ने, बेलायतमा रहेका गोर्खाहरूको समस्या समाधान गरिनुपर्ने, अमेरिकाको टेक्सासमा रहेको राजदूतावासका कर्मचारीको लापरबाहीले भइरहेको समस्याको समाधान गर्न मञ्चले आग्रह गरेको छ ।

त्यसको जवाफमा मन्त्री पौडेलले नीतिगत निर्णय गराउन बाहेक अन्य कुराको यथासक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।