अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३४ केजी चरेससहित एक जना पक्राउ

३४ केजी चरेससहित एक जना पक्राउ


काठमाडौं । नेपाल प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी-८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ ।