अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यका हरेक निकाय असफल भए : बालेन साह

राज्यका हरेक निकाय असफल भए : बालेन साह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेमप्रसाद आचार्यको आत्मदाहले राज्यको हरेक निकाय असफल भएको पुष्टि गरेको बताउनुभएकाे छ ।

आचार्यको मृत्युपछि साहले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ,’आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’

आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको साहले दाबी गर्नुभएकाे छ ।