अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछाने भन्नुभयो-आचार्यको आत्मदाह देशमा कायम बेथितिको परिणाम हो

गृहमन्त्री लामिछाने भन्नुभयो-आचार्यको आत्मदाह देशमा कायम बेथितिको परिणाम हो


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताउनुभएको छ ।

उहाँले नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु झन् दुखद भएको बताउनुभएको हो । उहाँले भन्नुभयो,’मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।’

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको आज निधन भएको छ ।