काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरुद्ध बोल्ने मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएको भोलिपल्टै सत्ता साझेदार राप्रपाका महामन्त्री शरद पाठकले संघीयता खारेजीका लागि संसदमा विधेयक नै पेश गर्ने चेतावनी दिनुभएको छ ।
पाठकले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई संविधानको स्मरण गर्न सुझाउनु भएको छ । पाठकले लेख्नु भएको छ, ‘प्रधानमन्त्री प्रचण्डलाई संविधान स्मरण गराउनु पर्ने भयो । संविधानले सार्वभौमिकता,भौगोलिक अखण्डता,स्वाधीनतालाई मात्र अपरिवर्तनीय मानेको छ । यी बाहेक अन्य कुनै पनि धारा विरुद्ध बोल्ने मात्र हैन,संशोधन वा खारेज गर्न सदनमा विधेयक नै पेश गर्न सकिन्छ ।’






प्रतिक्रिया