अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वागमती प्रदेशमा एमालेका तीन मन्त्रीको टुंगो लाग्यो

वागमती प्रदेशमा एमालेका तीन मन्त्रीको टुंगो लाग्यो


हेटौंडा – नेकपा एमालेले बागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंगो लगाइको छ ।

नेकपा एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ।

एमालेले बाँकी ३ जनामा काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठ र मकवानपुरका एकालाल श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।

१४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।