काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बाँडीचुँडी खाने पार्टी नभएको बताउनु भएको छ।
समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उहाँले निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ‘एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी होइन।’
चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘अरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।’
सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उहाँले उनीहरुको राजनीति अस्थायी रहेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले त्यसरी एक अवधिको एउटा भुल्कोको राजनीति गर्ने होइन, त्यो दिगो हुँदैन ।’






प्रतिक्रिया