दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गर्नुभएको छ ।
बुधबार १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गर्नुभएको हो । दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् ।
मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुग्नुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिंदै हुनुहुन्छ । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिनुभएपछि उक्त पद रिक्त भएको थियो ।






प्रतिक्रिया