अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध


जुम्ला – हिमपातका कारण जुम्लामा हवाईसेवा बन्द भएको छ । मंगलवारदेखि हिमपातले जुम्ला विमानस्थलको धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन् ।

आज (बिहीबार) बिहानदेखि हिउँ रोकिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो ।

आज मौसम राम्रो भए पनि धावन मार्गमा हिउँ जमेकाले जहाँज अवतरण हुन नसकिरहेको उहाँले जानकारी दिनुभयो । आज मौसम राम्रो भएकाले नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धाममार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताउनुभयो । धावन मार्गमा हिउँ जमेको हिउँ विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले फाल्ने काम शुरु गरेका छन् ।

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् । अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केसरी पनि पुग्नुभएको छ । तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् ।