काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो।
निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो।
चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने एक स्रोतले जनाएको छ ।
बैठकमा सहभागी हुन स्थायी कमिटीका नेताहरु पेरिसडाँडा पुगिसकेका छन्।






प्रतिक्रिया