अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार नेपाल आउँदै

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार नेपाल आउँदै


काठमाडौं -राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आगामी सोमबार नेपाल आउने भएकी छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एकदिने बसाइमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने तयारी छ। ‘अहिलेसम्म त्यसबाहेक अन्य औपचारिक भेटवार्ता तय भएका छैनन्’, मन्त्रालय स्रोतले भन्यो।
केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँग सिंहदरबारमा भएको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए।

सन् २०२१ अप्रिलमा वर्तमान जिम्मेवारी सम्हालेयता उनले दक्षिण एसियाका केही मुलुकको भ्रमण गरे पनि नेपाल आएकी थिइनन्।