काठमाडौं-सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा छलफल हुने भएको हो ।
यस्तै बैठकमा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल हुनसक्ने नेताहरूले जनाएका छन् ।
बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गर्नुभएकाे छ ।
बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा ९एमाले० सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएकाे थियाे ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन्। त्यसमा वर्तमान गठबन्धन निर्माण, कांग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेश रहेको माओवादी केन्द्रले जनाएको छ ।






प्रतिक्रिया