अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला  

अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला  


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । 

प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाएका हुन्। निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियूले पुत्ला जलाएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियूको आरोप छ। जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियूको भनाई छ। 

शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो ।