बागलुङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको १९ औँ जिल्ला अधिवेशनबाट रोशन जि.सी. अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विन्दु पाठक, सचिवमा अनिल शर्मा, सहसचिवमा मनिष कँडेल, अनिता विक र दिनेश रेग्मी तथा कोषाध्यक्षमा सागर कँडेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै जिल्ला कमिटी सदस्यहरूमा अनिषा आचार्य, सुनिल अधिकारी, राजकुमार कार्की, आशिष शर्मा, विजय कँडेल, दिलु थापा, शेरान ढुङ्गेल, मुना पौडेल, दिनेश आचार्य, अनिषा गलामी, हिमलाल पुरी, कोपिला वन, फाराम बुढाथोकी, जेनिसा घर्ती, मेनका घर्ती, एरिस काउचा मगर, गोपाल कँडेल, टिकाराम घर्ती मगर, शर्मिला विक निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा सुष्मिता सुनार, विन्दु जिसी, निमलाल तिवारी, कोपिला बुढाथोकी, प्रेम खत्री, थानेश्वर कँडेल, महेश रेग्मी, सुशील सुनार, सन्दीप शर्मा, हिमाल थापा, प्रदीप भट्टराई, नमिना पौडेल, अक्सर बोहोरा र धनु शर्मा निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियु बागलुङको १९ औँ जिल्ला अधिवेशनको शुक्रवार सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुनिता बरालले उद्घाटन गर्नुभएको थियो ।






प्रतिक्रिया