पाल्पा – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताउनु भएको छ।
आज प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राख्नभयो ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको उहाँले बताउनुभयो ।






प्रतिक्रिया