अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ला लिगा फुटबल : बार्सिलोनालाई ६ अंकको अग्रता

ला लिगा फुटबल : बार्सिलोनालाई ६ अंकको अग्रता


काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले अग्रता ६ अंकमा पुर्‍याएको छ।

पछिल्ला ९ खेलमा अपराजित रहने क्रममा शनिबार राति बार्सिलोनाले जिरोनालाई १-० गोल अन्तरले हरायो।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे ।

खेलको ६१ औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा आफ्नो १००औँ खेल खेल्दै गरेका २० वर्षीय जोर्डी अल्बाको पासमा गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ।

जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ।

बार्सिलोना पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की र स्पेनका फरवार्ड फेरान टोरेस बिनै मैदान उत्रिएको थियो। फ्रान्सका विङ्गर ओस्मान डेम्बेले पनि पहिलो हाफमा तिघ्रामा चोट बोकेर मैदान बाहिरिएका थिए।

तर पनि सम्हालिएको प्रदर्शन गर्दै बार्सिलोनाले जित निकाल्यो।

जाभीको टोली १६ अक्टोबरमा रियल म्याड्रिडसँग ३-१ ले पराजित भएपछि ला लिगामा अपराजित छ। पछिल्ला नौ खेलमा बार्सिलोनाले आठ जित र एक बराबरी गरेको छ।

बार्सिलोनाका लागि सन् २०१८-१९ पछि पहिलो पटक ला लिगाको उपाधि जित्ने मौका छ।-एजेन्सी