अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दायाँबायाँ नसोची राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

दायाँबायाँ नसोची राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग


काठमाडौं-नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गर्नुभएको छ ।  

उहाँले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताउनुभयो । ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ आज ट्वीट गर्दै उहाँले भन्नुभयो, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’

कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेस प्रमुख प्रतिपक्षमा छ।

कांग्रेसले राष्ट्रपतिमा भने आफूहरूलाई सहयोग गर्न माओवादीलाई आग्रह गर्दै आएको छ । माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ।