काठमाडौं । रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएको छ ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि उहाँ पुनः नागरिकता बनाउन प्रशासनमा पुग्नुभएको हो ।
अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।






प्रतिक्रिया