काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेको नागरिकता कायम गर्ने प्रक्रिया जारी रहेको बताउनु भएको छ ।
सर्वोच्चको आदेशपछि लामिछाने आज नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको हो ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछानेले आज प्रशासन कार्यालय पुगेर नागरिकता लिन लाग्नुभएको हो । यसअघि लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गर्नुभएको थियो। गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उहाँ सोहीबमोजिम प्रशासन कार्यालय पुगेर नागरिकता लिन लागनु भएको हो ।
प्रतिक्रिया