काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रालय नछाड्ने दाबी गरेको छ।
रास्वपा प्रवक्ता मुकुल ढकालले भन्नुभयो, ‘रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको हो। त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’
सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उहाँको गृहमन्त्री पद पनि गुमेको थियो ।
लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ।
गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भन्नुभयो, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’






प्रतिक्रिया