काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनःनागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पाार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
लामिछानले नेपाली नागरिकता लिएसँगै पार्टीले आकस्मिक बैठक बोलाएको हो। दिउँसो साढे ३ बजे बोलाइएको बैठकले रविलाई पुनः सभापति बनाउने तयारी रहेको छ । शुक्रबार मात्रै रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको थियो ।
यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएको थिएन ।
उहाँविरुद्ध नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो । तर, सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।






प्रतिक्रिया