अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह जिल्लबाट प्रदिप ज्ञवालीको दाबी: एमालेलाई राष्ट्रपति दिने कुराबाट माओवादी पछि हट्दैन

गृह जिल्लबाट प्रदिप ज्ञवालीको दाबी: एमालेलाई राष्ट्रपति दिने कुराबाट माओवादी पछि हट्दैन

कांग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको छ


गुल्मी – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा नेकपा माओवादी केन्द्र पछि नहट्ने दाबी गर्नुभएको छ ।

नेकपा एमाले गुल्मीको छैठौं पूर्ण बैठकलाई तम्घासमा आज सम्बोधन गर्नुहुँदै उपमहासचिव ज्ञवालीले राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमतिमा अरु दल पनि राजी भएको बताउनुभयो ।

उहाँले उक्त सहमतिका आधारमा पनि नेकपा नेकपा माओवादी केन्द्र आफ्नो निर्णयमा पछि नहट्ने बताउनु भएको हो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सरकारको लागि शितलनिवासमा दाबी पेस गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई राष्ट्रपति र सभामुख दिने भन्दा अरु दल साक्षी छन्, म प्रष्टताका साथ भन्छु। त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक हुँदैन । सभामुखमा जस्तो निर्णय हुन्छ । म तलमाथि हुँदैन भन्ने कुरामा विश्वस्त छु ।’

नेता ज्ञवालीले नेपाली कांग्रेसले दुई दलका बीचमा खेल्न खोज्नु स्वभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर प्रतिपक्षमा बसेर सत्तामा भाग खोज्ने कुरा आश्चर्यजनक छ । कांग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको छ ।’