अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको राजनीति भद्रगोल हुन लाग्यो : कमल थापा

देशको राजनीति भद्रगोल हुन लाग्यो : कमल थापा


काठमाडौं – देशको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गर्नुभएको छ।

पार्टीको संगठन विभागद्वारा काठमाडौंमा आयोजित उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियानको तयारी बैठकमा थापाले चुनाव सकिएर नयाँ सरकार गठन भएको केही महीना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ संकेत मान्न नसकिने बताउनुभयो ।

शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका सुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्ने बताउनुभयो ।

सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको भनाइ छ ।